काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ४० लाख छ । प्रस्तावित हकप्रद शेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगको सहमतिपछि आगामी साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि मात्र हकप्रद शेयर विक्रीमा आउनेछ ।
हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिममेवारी सञ्चालक समितिको अध्यक्ष दधिराम निरौलालाई दिने निर्णयसमेत कम्पनीले गरेको छ ।