बजार अनुगमनदेखि जरिवानासम्मको अधिकार पाएका स्थानीय तहले अनुगमन नगर्दा अछामका बजारदेखि ग्रामिण भेगका उपभोक्ता मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयको सहकार्यमा केही समयअघि बजार अनुगमन भए पनि स्थानीय तहले चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । चाडपर्वको बेला मूल्यवृद्धि गरेपछि सर्वसाधारण मर्कामा परेका छन् ।