पाकिस्तानमा ८ लाख पोर्न साइट बन्द

पाकिस्तानमा सिनेटको एक समितिले देशमा ८ लाख पोर्न साइट बन्द भएको बताएको छ । साथै पोर्न साइट हेर्नेको संख्यामा पनि कमी आएको बताएको छ ।  पाकिस्तानी मिडियामा प्रकाशित एक रिपोर्ट अनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरणका अध्यक्ष मेजर जनरल आमिर अजीम बाजवाले सिनेमा यो जानकारी दिएका हुन् ।  उनले चाइल्ड पोर्नोग्राफीमाथि आफ्नो अध्ययन पेश गर्दै देशमा ८ लाख पोर्न साइट बन्द गरिएको जानकारी दिए । दुई हजार तीनसय ८४ बालबालिका पोर्नोग्राफीमा संलग्न रहेको पनि उनले बताए ।  गुगलले पनि पाकिस्तानमा पोर्न साइटमा कमी कसरी आ...

सम्बन्धित सामग्री

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग अनिश्चित

काठमाडौं (अस) । कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल रंगशाला बनाइदिनुपर्ने जस्ता अनौठा माग गर्दै काठमाडौंतर्फका स्थानीय विरोधमा उत्रिएपछि आयोजना निर्माण नै अनिश्चित भएको हो । स्थानीयले आयोजना कार्यालयमा तोडफोड समेत गरेका थिए । चैत २८ गते ती माग पूरा नगरेको भन्दै सुरूङमार्गको पूर्वतर्फ काठमाडौंस्थित टोटीपाखाका स्थानीयले विरोध गरेका थिए । चन्द्रागिरि नगरपालिका, वडा नम्बर २ का स्थानीयले विरोधसँगै आयोजनाको कार्यालयमै आक्रमण गरेपछि जापानी निर्माण कम्पनी हाज्मा/आन्दो कर्पोरेशनले काम रोकेको हो । उक्त कम्पनीले दोषीउपर कारवाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म काम रोक्ने जानकारी दिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले निर्माणको काम रोकिएको र निर्माण नै अनिश्चित भएको उनले बताए । आइतवार (आज) जिल्ला प्रशासन कार्यालयले आयोजना र स्थानीयलाई छलफलमा बोलाएको छ । त्यहाँ सहमति भएमात्रै निर्माण अघि बढाउन सकिने, नत्र अनिश्चित हुने शाक्यले बताए । आक्रमण तथा विरोधले कम्पनी नै रूष्ट भएको उनको भनाइ छ । ‘हाम्रो सुरक्षा नभएसम्म काम गर्दैनौं,’ कम्पनीका अधिकारीलाई उद्धृत गर्दै शाक्यले थपे, ‘दोषीउपर कारबाहीको माग गरेका छन् ।’ नेपाली र जापानी गरी ५०० भन्दा बढी कामदारले सुरूङमार्गमा काम गर्दै आएका थिए । काम रोकिँदा २८ गतेदेखि नै दैनिक १ करोड ५० लाख रुपैयाँ जापानी कम्पनीले दाबी गर्ने अवस्था आएको उनले बताए । जापानी ऋण सहयोगमा बन्दै गरेको उक्त आयोजनामा अवरोध हुँदा नेपालले दैनिक उक्त रकम तिर्नुपर्ने हुन्छ । ‘१० ट्यांकर पानीका लागि अहिले राज्यमाथि दैनिक १ करोड ५० लाख रुपैयाँ दायित्व सृजना भएको छ,’ उनले भने, ‘कम्पनीले दाबी गर्ने रकम शनिवारसम्म ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । निर्माण कम्पनीले दाबी गरे उक्त रकम नेपालले तिर्नुपर्छ ।’ कोरोनाका कारण काममा केही ढिलासुस्ती भए पनि पछिल्लो समय कम्पनीले नियमित रूपमा दैनिक औसत १० मीटर सुरूङ खन्दै आएको थियो । कोरोना कारण काम गर्न नपाएको भन्दै आयोजनाको म्याद ३ महीना थपिएको छ । स्थानीयले पानीको सतह घटेको दाबी गर्दै त्यसको व्यवस्थापन गर्नुपर्ने माग पनि राखेका छन् । ‘सुक्खायामका कारण पानीको सतह जताततै घटेको छ,’ शाक्यले भने, ‘तैपनि, उनीहरूको माग सम्बोधन गर्न पम्पको स्थान परिवर्तन गरेर र क्षमता बढाएर प्रतिदिन ५ ट्यांकर पानी दिने योजनामा थियौं । तर, उनीहरु एक्कासि आएर कार्यालय तोडफोड गरे ।’ चैत २८ गते तोडफोड भएपछि त्यसको भोलिपल्ट स्थानीयसँग छलफल गरेर घटेको पानी  आपूर्ति गर्ने सहमति भएको शाक्यले बताए । ‘त्यसबाहेक उनीहरूले आयोजनासँग असम्बन्धित माग पनि राखेका छन् । आयोजनाले ती माग पूरा गर्न सक्दैन । आयोजनाभित्र पर्ने माग सम्बोधन गर्ने हो,’ शाक्यले भने, ‘आयोजना प्रभावितलाई पानी वितरण गर्ने सहमति भएको हो, त्यसका लागि नगरपालिकासँग समन्वय गर्नुपर्छ भनिएको छ ।’ आयोजनाले पानी वितरणमात्रै गर्ने सहमति गरेको, तर अहिले स्थानीयले घर घरमै पानीको पाइप जडान गर्नुपर्ने माग राखेको शाक्यले बताए । नगरपालिकामार्फत पाइपलाइन जोड्नुपर्ने माग सम्बोधन गर्न अर्थ मन्त्रालयसँग बजेट मागेर धाराको टुटीसम्म बनाइदिने तयारी गरिएको छ । शाक्यले भने, ‘यसका लागि शुक्रवार मात्रै अर्थले ८ लाख रुपैयाँ निकासा गरिदिएको छ, ५०० घरधुरीलाई पुग्ने गरी नगरपालिकामार्फत रकम उपलब्ध गराइनेछ ।’ निर्धारित समयभित्रै सुरूङमार्गको काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोनाको तेस्रो लहरलगायत निर्माणको क्रममा दुर्घटना हुँदा १५ दिन काम रोकिएको थियो । अहिले सुरूङ खन्ने काम ४८ प्रतिशत सकिएको छ । फिनिसिङको काम पनि सँगसँगै लगिएको हुँदा आयोजनाको करिब ३६ प्रतिशत काम सम्पन्न भएको छ । बलम्बुमा रहेको जग्गा मुआब्जाको समस्या ७० प्रतिशत समाधान भएको र अहिले त्यहाँ स्थानीयले व्यक्तिगत घर भत्काउन लागेको शाक्यले जानकारी दिए । स्थानीयका उचित माग आयोजना आफै र उनीहरूको सूचनाका आधारमा पूरा गर्दै आएको शाक्यको दाबी छ । तर, आयोजनाको दायराभित्र नपर्ने माग उनीहरूले तोडफोड गर्दैमा सम्बोधन गर्न नसकिने उनले प्रस्ट पारे ।

युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई युद्धबाट जोगाउन आर्थिक सहयोग अभियान तीव्र

काठमाडौँ– युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई रुसले थालेको आक्रमणबाट जोगाउन सहयोग सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ । आर्थिक सहयोग सङ्कलन गर्ने साइट ‘गो फन्ड मी’ मा पेज बनाएर शुरु गरिएको अभियानमा हालसम्म १५ हजार भन्दा धेरैले सहयोग गरिसकेका छन् । ८ लाख बेलायती पाउण्ड स्टर्लिङ सङ्कलन गर्ने लक्ष्य लिइएको उक्त पेजमा हालसम्म ८ लाख ७० हजार […]