हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ आजबाट विधिवत् रूपमा भित्रिएको छ । दसैँको पहिलो दिन अर्थात् आज घटस्थापना । यस दिन शक्ति पीठ तथा दसैँ घरमा जमरा राख्ने गरिन्छ । घटस्थापना नवरात्रको पहिलो दिन हो । नौ दिनसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीको पूजा गरिन्छ । विजया दशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दै प्रसादका रूपमा जमरा लगाउने प्रचलन छ ।नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनहरूले नवदुर्गाको पूजा आराधना गर्दछन् । यसले सिद्धि प्राप्त हुने धार्मिक मान्यता छ । विजया दशमीलाई भगवतीले दान