७० लाखसहित पक्राउ परेका युवक हुन्डी कारोबारीका ‘भरिया’

बालाजुको बाइपासबाट नेपालटार जाँदै गरेका नवराज ढुंगानालाई मंगलबार प्रहरीले नियन्त्रणमा लियो । नुवाकोटको ककनी गाउँपालिका–३ घर भएका २९ वर्षीय ढुंगानाले बोकेको झोलामा ७० लाख नगद भेटियो । प्रहरीले सोध्यो–‘पैसा कहाँबाट ल्याउनु भो, स्रोत केहो ?’नवराजले सो रकम ठमेलबाट कसैले दिएको बताए । तर, स्रोत खुलाउन सकेनन् । युवकले अवैध आर्थिक कारोबार ‘हुन्डी’ को रकम बोकेर हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाल ।महानगरीय