डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ  । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्  ।जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै  उपाध्यक

सम्बन्धित सामग्री

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेस नेता निरौला निर्विरोध

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्विरोध निर्वाचित भएका छन् । ८ स्थानीय तह रहेको जिल्लामा पाँच पालिकामा जित हाँसिल गरेको नेपाली कांग्रेसले जिल्ला समन्वय समितिमा...

पालिका चुनाव - ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताउनुभयो । एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने...

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...

समाजवादीबाट उम्मेदवारी दिएका डोल्पाका दुई पालिका र ६ वडा अध्यक्ष निर्विरोध

काठमाडौँ – डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। एकीकृत समाजवादीका केन्द्र्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पनि समाजवादीका उम्मेदवार निर्विरो भएका छन्। गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष […]

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको […]

लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

रुपन्देही । नेकपा एमालेको मंगलबार सम्पन्न पालिका अधिवेशनबाट लुम्बिनी प्रदेशमा रहेका ४ वटा उपमहानगरपालिकाको नेतृत्वमा युवाहरू आएका छन् । राजनीतिमा युवा पुस्ताको प्रवेशको बहस चलिरहेका बेला प्रदेशका महत्वपूर्ण ४ वटै उपमहानगरपालिकामा युवाहरूले नेतृत्व पाएका छन् भने अधिकांश अन्य पालिकामा पनि युवाको वर्चश्व रहेको छ । बुटवल उपमहानगरपालिकाको नगर अध्यक्षमा किसन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् […]

काँग्रेस अधिवेशन : अर्घाखाँचीमा देउवा पक्ष पराजित

नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत अर्घाखाँचीमा देउवा पक्ष पराजित भएको छ । जिल्लाका ६ वटा पालिकामध्ये ५ वटा पालिकामा सम्पन्न अधिवेशनमा ५ वटैमा  देउवा पक्षका उम्मेदवार पराजित भएका हुन् ।पालिकाका नवनिर्वाचित सभापतिमध्ये चार वटा पालिकामा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएका छन् भने पाणेनी  गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित तुल्सी पौड्यालले भने आफू कुनै पनि समूहमा नभएको प्रतिक्रिया जनाएका छन् ।अधिवेशन सम्पन्न भएका ५ पालिकामध्ये सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाम