काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छल...