पृथ्वी जयन्तीलाई 'नेपाल दिवस' का रूपमा मनाउन विवेकशील साझा पार्टीकाे माग

काठमाण्डाै – विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई 'नेपाल दिवस' का रूपमा मनाइनुपर्ने माग गरेको छ । आउँदाे २७ गते पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा विवेकशील साझा पार्टीले आज आइतवार एक विज्ञप्ति निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ । ‘संसारका धेरैजसाे देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय ...

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग

विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको छ । संसारका अधिकांश देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने तर नेपालका हकमा निश्चित राष्ट्रिय दिवस नभएको भन्दै सो पार्टीले यस्तो माग गरेको हो ।पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख छ । ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित