काठमाडौं। बलिउड अभिनेता अजय देवगनको नयाँ चलचित्र छायांकनमा नजादैं घाटामा परेको छ।अजयसँगै सिद्धार्थ मल्होत्रा, रकुल प्रीत सिंह स्टारर ‘थ्यांक गड’ लाई २ करोड भारु घाटा लागेको हो। चलचित्रको छायांकनका लागि फिल्मसिटीमा सेट तयार गरिएको थियो। कोरोना महामारीका कारण महाराष्ट्रमा निषेधाज्ञा जारी भएपछि छायांकन रोकियो। छायांकन रोकिएपछि सो सेट भत्काइएको छ। जसका कारण चलचित्रलाई २ करोड भारु घाटा लागेको हो।