नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि