नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार काँग्रेस रुपान्तरण एजेण्डा सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले भने– ‘राजनीतिक दलहरुभित्र आन्तरिक लोकतन्त्र कायम गर्न जरुरी देखेको छु । दलभित्र जसको कार्यकारी अधिकार छ उसले आफू अनुकुल हुनेगरी नियम बनाउने चलन छ । यसले विधि र प्रक्रियालाई अगाडि बढाउन सक्दैन