सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ । सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद