काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै छ । वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ । हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५० लाख रुपैयाँ लगानीमा यो पुल निर्माण भइरहेको हो । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी