नमुना कृषक बने पूर्वलडाकु

समाजमा रहेको शोषण, दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिनुभयो, नौमुले गाउँपालिका–६ का धनबहादुर तारामीमगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्डलगायत नेताको सुरक्षाको जिम्मेवारी सम्हाल्नुभयो । सेना समायोजन गर्दा योग्य ठहरिएपछि मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गर्नुभयो । नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्किने निर्णय गर्नुभयो । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उहाँलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्ने हुटहुटी चल्यो । कृषि पेसामै भविष्य देखेका उहाँले ‘तारामी आधुनिक नर्सरी कृषि तथा