यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद् निर्णय

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले दल परिवर्तनका कारण सांसद पदबाट हटाइएका चार जना मन्त्रीहरुलाई पुन मन्त्री पदमा नियुक्त गरेका छन्।शुक्रबार विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त