बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुनः ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो । उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ । आज माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका अन्य ११ उपसूचक ऋणात्मक भएका छन् । माइक्रोफाइनान्स समूहको उपसूचक झिनो ०.०१ प्रतिशत