शुक्रवार दिउँसो मेलम्ची नगरपालिका–११ बसपार्कनजिकै रहेको निलो घर हेर्दै कहिले यता, कहिले उता गर्दै थिए, सोनामबहादुर तामाङ ।
कुनै बेला खिस्स हाँस्दै साथीभाइसँग कुराकानी गरेर मन बुझाइ रहेका थिए, त कहिले मलिन अनुहार लिएर घरनजिकै पुग्थे ।
तल हेर्दा उही धमिलो बाढी आफ्नै रफ्तारमा बगिरहेको थियो । के गर्ने, के नगर्ने उनले केही सोच्नै नसकेको भान हुन्थ्यो । अर्धबेहोशी जस्तै थिए ।
बाँच्नलाई खानाको भाग त बस्थे तर घाँटीबाट तल जाँदैनथ्यो । जाओस् पनि कसरी, जिन्दगी भरको कमाई एक लप्को बाढी...