मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश२–०३–००१ख ०२४२ न