मध्यक्रम नचल्दा १ सय ९६ रनमा खुम्चियो नेपाल

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणान्तमक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपालले ओमान सामु जीतका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो ।नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्यक्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।खेलको अन्त्यतिर करण के