पशुपति क्षेत्र विकास कोषले गोठ र टहरा हटाउन आदेश दिएकोमा विरोध

मठ, मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरूको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले पशुपति क्षेत्र विकाश कोषले दिएको आदेशले गौसंरक्षणमा लागेकाको अपमान भएको भन्दै विरोध गरेको हो […]