नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोष अन्तर्गत अवकाश कोषमा रहेको कुल २१ करोड रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्त कम्पनीमा निक्षेपको रूपमा राख्न चाहेको हो । बिहीबार एक सूचना जारी गर्दै बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । सूचना अनुसार बैंकले कुल २१ करोड मध्ये १६ करोड ८० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंक, ३ करोड १५ लाख रुपैयाँ विकास बैंक र १ करोड ५ लाख रुपै