हिमालयन बैंकले घोषणा गर्‍यो ३ वर्ष यताकै उच्च लाभांश, अहिले २६% दिने

हिमालयन बैंक लिमिटेड चुक्ता पूँजीको २६% लाभांश  प्रदान गर्ने निर्णय गरेको छ । बुधवार बसेको बैंकको  संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश   प्रदान गर्ने निर्णय गरेको हो । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।