राजदूत नियुक्तिमा मापदण्ड सधैं बेवास्ता

सरकारले राजदूत नियुक्तिमा निश्चित मापदण्ड तोक्ने र त्यसैलाई अपनाउने थिति अझै बसाल्न सकेको छैन । हरेक सरकारले राजनीतिक निकटता र पहुँचलाई राजदूत नियुक्तिको मुख्य आधार बनाउँदै आएका छन् । डेढ दशकयता नियुक्त राजदूतहरूमा सत्तारूढ दलका नेता र कार्यकर्ताको सूची लामो देखिन्छ ।