कैलाली-१ मतान्तर बढाउँदै रन्जिता, पछ्याउँदै रामजनम

कैलाली । नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ । ६०१ मत गणना हुँदा नागरिक उन्मुक्तिका उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी २६९ मतसहित अग्रस्थानमा छिन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका काङ्ग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् । हालसम्म रामजनमले १६० मत प्राप्त गरेका छन् । एमालेका तपेन्द्र रावल भने ८४ मतसहित […]

सम्बन्धित सामग्री

बद्री पाण्डे मतान्तर बढाउँदै, कर्ण थापा पछ्याउँदै

बाजुरा – प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन् । एमालेका उम्मेदवार […]

इलाम-२ मा एमालेका सुवासचन्द्र फराकिलो मतान्तर बढाउँदै

इलाम : जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले फराकिलो मतान्तर बढाएका छन्।उनले २० हजार ७१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याउँदै छन्।उनीहरूको मतान्तर १७ सय ६५ मतान्तर छ। देउमाईको १,२,५,६,७,८,९ वडाको मत गणना सकिएको छ। हाल मतगणना भइरहेको छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

काभ्रे-२ : शिव प्रसादभन्दा १०४६ मतले गोकुल बाँस्कोटा अगाडि

काभ्रे : काभ्रे प्रतिनिधि सभा २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले मतान्तर बढाउँदै गएका छन्।पछिल्लो मतपरिणाम अनुसार उनले २४ हजार ७३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २३ हजार ६८५ मत ल्याएर पछ्याउँदै छन्। उनीहरूकाे मतान्तर १ हजार ४६ मत छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ६ हजार ६१० मत ल्याएका छन्।

पृथ्वीसुब्बाको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङले मतान्तर बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादीका देवप्रसाद गुरुङभन्द दुई हजार ७९ मतले अघि छन् ।  ६९ हजार ३५ मत खसेकोमा अब १५...

ओखलढुंगामा एमालेका सुनुवारभन्दा ६५०१ मतले खतिवडा अगाडि

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले फराकिलो मतान्तर  बढाउँदै गएका छन्। खतिवडाले २६ हजार ६ सय १७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २० हजार एक सय १६ मत ल्याएर पछ्याउँदै छन्।उनीहरूको मतान्तर ६ हजार पाँच सय १ मत छ।

ओखलढुंगामा प्रतिनिधि र प्रदेशसभामा कांग्रेसकै ‘लिड’

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसले नै निरन्तर प्रतिनिधिसभा र प्रदेशसभामा मतान्तर अगाडि बढाउँदै गएको छ। कांग्रेसका प्रतिनिधिसभा  उम्मेदवार रामहरि खतिवडाले अहिले सम्म अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार खतिवडाले ६ हजार चार सय ८४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ६ हजार  एक सय ५१ मत ल्याएर पछ्याउँदै छ। प्रदेशतर्फ कांग्रेसका उम्मेदवार प्रदिपकुमार सुनुवारले १० हजार ९ सय ९० मत ल्याएका छन् भने एमालेका उम्मेदवार अम्बिरबाब

शशाङ्क कोइरालाले बढाए अग्रता, पछ्याउँदै एमालेका कृष्ण

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन्। एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त…

पोखरामा मतान्तर बढाउँदै धनराज, पछिपछि कृष्ण

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १३९१ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ९१६५ प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले ७७७४ मत ल्याएका छन् भने राप्रपाका शंकर खरालले १०६१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले […]

भरतपुरमा मतान्तर बढाउँदै विजय, पछ्याउँदै रेनु

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले अगाडी छन् । सुवेदीले मतान्तर बढाउँदै लगेका हु्न् । पछिल्लो मतगणना अनुसार सुवेदीले ४६५८ मत प्राप्त गरेका छन् भने माओवादीकी रेनु दाहालले ४५८८ मतले उनलाई पछ्याउँदै छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् । भरतपुरमा अहिले ४ […]