बाग्मती प्रदेश : मुख्यमन्त्री को ? सत्तारुढ दलका आआफ्नै अडान, राप्रपालाई फकाउँदै कांग्रेस र एकीकृत समाजवादी

मकवानपुर - बाग्मती प्रदेशमा यही पुस २५ गतेभित्र दुई वा दुईभन्दा धेरै दलको सहमतिमा सरकार बनाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै कसको सरकार बन्ला भन्ने चासो र अन्योल कायमै छ । बाग्मती प्रदेशमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) मिलेर सरकार बनाउने छलफल तीव्र छ ।  बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउने कांग्रेसलगायतका दलहरुको तयारी छ । तर केन्द्रको सत्ता गठबन्धन भित्र रहेका दलमा मुख्यमन्त्री बन्न आ–आफ्नै अडान छ। सत्तारुढ दलहरु नेकपा एमाले,...