दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न […]