डुंगरपुरका राजासँग थियो लता मंगेशकरको विशेष सम्बन्ध, यसकारण हुन सकेन विवाह

भारतकी सर्वाधिक सफल गायिका लता मंगेशकरको ९२ वर्ष उमेरमा निधन भएको छ ।  लताले विवाह गरेकी थिइनन् । उनको प्रेम सम्बन्ध डुंगरपुरका राजा राज सिंहसँग थियो ।  तर प्रेम विवाहमा परिणत हुन सकेन ।  ती महाराज लताका भाइ हृदयनाथ मंगेशकरका साथी थिए । राज सिंहले राजपरिवारबाहिरको युवतीसँग विवाह नगर्ने भनी आफ्ना मातापितासँग वाचा गरेका थिए । आजीवन उनले त्यो वाचा निभाएकाले लतालाई विवाह गरेर भित्र्याउन पाएनन् । उनले पनि जिन्दगीभरि विवाह गरेनन् ।  अनि लताले घर सम्हाल्ने जिम्मेवारी लिएकाले पनि विवाह ...