केन्द्रमा भएको सत्ता गठबन्धन फेरबदलले लुम्बिनी प्रदेशले गर्न लागेको अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको छ । लुम्बिनी सरकारको आयोजनामा फागुन २८ र २९ मा हुन लागेको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको हो ।