संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक पाँच दिनदेखि पहिरोले अस्तव्यस्त छ । नारायणगढदेखि २० किमि पर सेती दोभानमा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । प्राविधिकहरू अझै साता–दस दिन यस्तै रहने अनुमान गर्छन् । नारायणगढ र भरतपुरका सडकभरि काठमाडौं हिँडेका गाडीहरूको ताँती देखिन थालेको छ ।