काठमाण्डाै – निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ ।
सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।...