भूकम्पीय जोखिम न्यूनीकरण नीति बनाउन विज्ञको सुझाव

भूकम्पको उच्च जोखिम रहेको सुदूरपश्चिममा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने खालको नीति, नियम तथा कार्यक्रम बनाउन प्रदेश सरकार र प्रदेश सभा सदस्यलाई विज्ञहरूले सुझाव दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित ‘जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदको भूमिका’ विषयक कार्यक्रममा उहाँहरूले जोखिम न्यूनीकरण गर्ने नीति, नियम र कार्यक्रम बनाउन सल्लाह दिनुभएको हो ।