पोखरा थन्डर्सका लागि मंगलबार बुटवल–लुम्बिनी एफसीमाथि प्राप्त जित वास्तवमै सुखद रह्यो । नवीन न्यौपानेले सम्हालेको पोखरेली टिमले त्यो काम गरेको छ, जुन पहिलो संस्करणमा गर्न सकेको थिएन । त्यो भनेको पोखरा नेपाल सुपर लिगमा यसपालि प्लेअफलाई छनोट हुने पहिलो टिम बनेको छ । टिम ७ खेलबाट १४ अंक बटुल्दै शीर्षस्थानमा उक्लेको छ । आफ्नो अन्तिम खेलको नतिजा जस्तै रहे पनि पोखरा शीर्ष चारमा रहने निश्चित भएको छ ।