नेकपा(एमाले)का नेता मणि थापाले आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपयोग नगरेको बताएका छन् । नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारेका हुन् ।ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुको आधार भनेक