टी–२० विश्व कप : आयरल्यान्डकाे विजयी सुरुवात

काठमाण्डाै – टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेकाे छ । आज सोमवार समूह 'ए' काे खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो । नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले ४० रन बनाउँदा पल स्ट्रर्लिङले अविजित ३० रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्रान्डन ग्लाेभर र पिटर सिलरले एक–एक विकेट लिए ।&...