धनुषा। नेकपा माओवादी केन्द धनुषाले जिल्लाका चार जनप्रतिधिलाई स्पष्टिकरण सोधेको छ। पार्टीले विदेह नगरपालिका प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगरका उपप्रमुख शिलादेवीकापर र निलुदेवी कापरलाई स्पष्टिकरण सोधेको हो। जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवपार्टीको कार्यक्रममा सहभागी नभएको, पार्टी त्याग गरेको हो वा होइन र स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नभएको विषयमा सोधिएको छ।