राष्ट्रसंघको चेतावनीः संघर्ष जारी रहे अफगानिस्तानमा मानवीय संकट आउँछ

बीबीसी।संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था(युएनएचसीआर)ले अफगानिस्तानमा छिटो शान्ति कायम नभए त्यहाँ मानवीय संकट आउने चेतावनी दिएको छ।सन् २०२१ को सुरुदेखि हालसम्म अफगानिस्तान भित्र हिंसा र असुरक्षाका कारण २ लाख ७० हजार अफगानी घरबारविहीन भएको युएनएचसीआरले जनाएको छ।योसँगै अफगानिस्तानमा बिस्थापितको कुल संख्या ३५ लाख नाघेको छ।यो वर्ष अफगानिस्तामा सर्वसाधरणमाथि हुने हिंसाका घटनामा पनि वृद्धि भएको जनाउँदै युएनएचसीआरले चिन्ता व्यक्त गरेको छ।