काठमाडौँ – एमाले सचेतक शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधारभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभामा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दा पनि आफ्नो पार्टीका कार्यकर्ताको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताइन्। […]