कास्की– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने तालाबन्दीबाट शैक्षिक विकासमा अवरोध आउने भएकाले सोको अन्त्य गर्नुको विकल्प नभएको बताए । उनले भने, “विश्वविद्यालयमा आफ्ना माग राख्दै […]