सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई सुचारु गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन् । बिहीबार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटबारे जानकारी दिँदै मन्त्री कार्कीले संसद्लाई सुचारु गराउने सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको बत