प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका मन्त्रालयको सङंया घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशमा मन्त्रालयको संख्या घटाइएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले भने, “प्रदेशहरू आफैमा स्वायत्त भएको र कसरी काम गर्ने […]