बजेटले महँगियो भान्सा

काठमाडौं, जेठ २६ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो। बजेट भाषणपछिका १० दिनमा […]