प्रतिनिधि सभा विघटनपछि स्वतः कामचलाउ बनेको मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेका रिट सर्वोच्चमा आज पनि पेशी चढेको छ, यद्यपि सुनुवाइ गर्न भ्याइने सम्भावना भने क्षीण देखिएको छ ।
न्यायाधीश वमकुमार श्रेष्ठको इजलासमा परेका ती रिटअघि अन्य ८ वटा रिट छन् ।
मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओली लगायतले छुट्टाछुट्टै रिट दायर गरेका छन् ।
यी रिटमाथिको सुनुवाइ यसअघि २ पटक सरिसकेको छ ।
बिहीवार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेपनि हेर्न नभ्याइने भन्दै सुनुवाइ...