जितपुर सिमरा उपमहानगरपालिकाको एक आर्थिक वर्षको आन्तरिक आम्दानी दश लाख रूपैयाँ छ भन्दा पत्याउन मुस्किल पर्छ । तर महालेखा परीक्षकको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा जितपुर सिमरामा दश लाख रूपैयाँ मात्र आन्तरिक आम्दानी भएको उल्लेख गरेको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार ११ वटा उपमहानगर मध्ये आन्तरिक आम्दानीमा सबैभन्दा कमजोर […]