काठमाडौं । भारतीय बजारमा महिन्द्राले निकै राम्रो ग्रोथ पाइरहेको छ । यूरोपियन र जापानी ब्राण्डको कमजोर प्रदर्शन जारी रहँदा महिन्द्राले भने चमत्कारीक ग्रोथ पाउन सफल भएको हो । नेभेम्बर महिनाको विक्री तथ्यांक सार्वजनिक भएसँगै महिन्द्राको बलियो उपस्थितिलाई थप बल पुगेको हो । कम्पनीले भारतमा विक्री गर्ने लगभग सबै मोडल एसयूभी हो भन्दा फरक पर्दैन । […]