यस्तो छ युग पाठकको ‘उत्स्रवण आन्दोलन’ सहितको घोषणा पत्र

आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका लेखक युग पाठकले ‘उत्स्रवण आन्दोलन’ घोषणा गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्ने बताउँदै आएका उनले नयाँ वैचारिक आन्दोलन सहित निर्वाचनमा होमिएको बताएका छन् । आन्दोलनको नयाँ शब्द ‘उत्स्रवण आन्दोलन’ प्रयोग गरेका उनले अहिले देशमा विचारको सङ्कटको अवस्था रहेको बताउँदै यो सङ्कटको अँध्यारोमा नयाँ विचारको बत्ती बाल्नु परेक