काठमाडौँ- नेपाल सरकारले रुसको राजधानी मस्कोमा भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत् घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रक...