काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेसँगै सुरक्षाकर्मीले माइतीघर क्षेत्र खालि पारेका छन्। सुरक्षाकर्मीले अबेर राति माइतीघर क्षेत्र खालि गराएको हो। उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले जानकारी दिएका थिए। प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला […]