काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिनुभयो ।
पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको स...