११३ वर्षीया पोख्रेल भन्छिन् : फेरि पनि भोट हाल्न पाऊँ

३० वैशाख, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीया गोपी माया पोख्रेलले मतदान गरेकी छिन । परिवारको सहयोगमा मतदान केन्द्रमा पुगेकी उनले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताइन् । ‘मतदान गर्न पाउँदा खुसी लाग्यो,’ उनले भनिन्, ‘भगवानको कृपाले फेरि पनि भोट हाल्न पाउँ ।’ परिवारको […]

सम्बन्धित सामग्री

११३ वर्षीया महिलाले गरिन् मतदान

बैतडी– बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपालि १ सय १३ बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला […]

मोरङमा ११३ र कञ्चनपुरमा १०२ वर्षीयाद्वारा मतदान

जसलाई भोट दिए पनि के हुन्छ र भन्दै मतदानमा चासो नदिने युवाहरुका अगाडि शताब्दी आयू पार गरेकाहरुले भने मतदानको महत्व कति हुन्छ भन्ने उदाहरण दिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिनुभयो …