राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएको उल्लेख गरे । &nbs